राष्ट्रिय सन्देश संबाददाता, १४ घण्टा पहिले
२०८२ मंसिर ८, काठमाडौँ । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए ।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदै छन् ।
अर्याल हाल रक्षा मन्त्रालयका सचिव छन्। यसअघि मुख्यसचिव रहेका एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण बुधबारदेखि अवकाशमा जान लागेका छन्।
सो अघि मन्त्रिपरिषद्को बैठकले सचिवमा सुमनराज अर्यालललाई नियुक्त गरेको हो। मुख्यसचिवको प्रतिस्पर्धामा सचिवहरु प्रमिला देवी बज्राचार्य, कृष्णहरि पुस्कर, मधुसुदन बुर्लाकोटी पनि रहेका थिए।
यद्यपि सरकारले वरियताका आधारमा सुमनराज अर्याललाई नियुक्त गरेको हो । अर्याल आगामी माघ १९ गते अवकाशमा जान लागेका छन्। अर्याल गत असोज ५ गतेदेखि रक्षा मन्त्रालयमा छन् ।
त्यसअघिघ उनी २०८१ फागुन २१ गतेदेखि राष्ट्रिय योजना आयोगमा थिए। त्यसअघि २०८१ पुस २९ गतेदेखि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।
त्यसअघि २०८१ वैशाख ३ गतेदेखि युवा तथा खेलकुद मन्त्रालयमा सचिवकै रुपमा रहेका थिए ।