राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २५ भाद्र, २०८२
काठमाडौँ। काठमाडौं सुन्धारा स्थित केन्द्रीय कारागारबाट पनि कैदीबन्दीहरु भागेका छन् । कैदीबन्दीहरुले हिजो रातिदेखि होहल्ला र तोडफोड सुरु गरेका थिए। प्रहरीले उनीहरुको दबाब र तोडफोड सम्हाल्न नसकेपछि प्रहरीहरु कारागार छोडेर हिँडेको बताइएको छ । त्यसपछि कैदीहरु पनि भाग्न थाले ।अधिकांस कैदीभागेपछि सेना आएको थियो । अहिले सेनाले कारागारलाई नियन्त्रणमा लिएको छ।
भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका नेता टोपबहादुर रायमाझी पनि रहेको स्रोतले बतायो ।भागेका केही कैदीबन्दीहरुलाई सेनाले फर्काएको बताइएको छ। देशका विभिन्न जेलबाट कैदीहरु भागेका समाचारहरु आइरहेका छन्।