मंगलवार, २८ आश्विन, २०८२

संसद् भवनको भाडा सम्झौता रद्द

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २४ आश्विन, २०८२

संसद् भवनको भाडा सम्झौता रद्द

२०८२ असोज २४, काठमाडौ । नयाँ बानेश्वरस्थित भाडामा प्रयोग गरिँदै आएको संघीय संसद्को सम्झौता रद्द गरिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएपछि खण्डहर बनेको छ । अहिले प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेकाले भाडा सम्झौता रद्द गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ५३१ को उपदफा (२) को खण्ड (ख) बमोजिम सम्झौता रद्द गरिएको व्यहोरा सचिवालयले जनाएको छ ।

भदौको अन्तिम सातादेखि लागू हुनेगरी सम्झौता रद्द भएको संसद् सचिवालयले बताएको छ । यो भवन ०६४ सालेदखि प्रयोग हुँदै आएको थियो ।

advertisement_1680627680.gif