सोमबार, ११ कार्तिक, २०८२

सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ भाद्र, २०८०

सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

काठमाडौं। संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ ।

गएराति १ बजे हृदयघात भएपछि उहाँलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । संविधान दिवस आउन एक हप्ता बाँकी रहँदा त्यही संविधान जारी गर्ने नेतृत्वकर्ता नेम्वाङको दुःखद निधन भएको छ । 

विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएका थिए ।

देशको राजनीतिक परिवर्तन र संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ।

advertisement_1676998982.gif