बिहीबार, १८ पुष, २०८१

advertisement_1730215456.gif

संसद्को आगामी अधिवेशनले प्रहरीको नयाँ कानून बनाउँछ : गृहमन्त्री लेखक

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३० आश्विन, २०८१

संसद्को आगामी अधिवेशनले प्रहरीको नयाँ कानून बनाउँछ : गृहमन्त्री लेखक

काठमाडौं, असोज ३० । गृहमन्त्री रमेश लेखकले संसद्को आगामी अधिवेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐन निर्माण हुने बताएका छन् । गृहमन्त्री लेखकले नेपाल प्रहरी संगठन सुदृढीकरण गर्न विद्यमान कानूनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताएका हुन् ।

६९औं प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त विधेयकले कानूनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र संगठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गरे ।

लेखकले भने, ‘प्रहरी ऐन २०१२ मा बनेको थियो । पटकपटक संशोधन गरेर चलाउने काम गर्‍यौं । अहिले सरकारले प्रहरी र सशस्त्र प्रहरीको कानूनलाई समसायिक रुपमा संशोधन गरेर नयाँ कानूनलाई निर्माणलाई प्राथमिकता दिएको छ ।’

उनले प्रहरी र सशस्त्र प्रहरीको कानून निर्माणका लागि विधेयक अघि बढिसकेको बताउँदै संसद्को आगामी अधिवेशनबाट दुवै कानून निर्माण हुने बताए । नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताए।

गहृमन्त्री लेखकले प्राकृतिक घटनाक्रमको सम्बोधन र व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै आत्महत्या न्यूनीकरण, सडक दुर्घटना तथा लागूऔषध दुव्र्यसनमा कमी ल्याउन तत्काल विभिन्न प्रभावकारी नीति तथा कार्यक्रमको आवश्यकता रहेको बताए।

यी सबै समस्या सम्बोधन गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याउने हरेक रचनात्मक कार्यक्रमलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न गृह मन्त्रालय सदैव सकारात्मक रहेको उनको भनाइ थियो।

आम नागरिकको सुरक्षा र सेवाका लागि देशको दूरदराजमा रहेका प्रहरी इकाइलाई साधन श्रोत उपलब्ध गराउन, नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न तुल्याउन तथा प्रहरी कर्मचारीका हित र कल्याणका लागि विविध कल्याणकारी कार्यक्रम सञ्चालनमा ल्याउन गृह मन्त्रालयले उच्च प्राथमिकता दिएको गृहमन्त्री लेखकले बताए।

६९औं प्रहरी दिवसका अवसरमा बहालमा रहनुभएका र सेवा निवृत्त सम्पूर्ण प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै उनले लामो इतिहास भएको प्रहरी संगठनको आगामी दिन थप उज्वल रहनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg