बुधबार, ८ जेष्ठ, २०८२

संसद्को दुवै बैठक बस्दै : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३० बैशाख, २०८२

संसद्को दुवै बैठक बस्दै : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

३० बैशाख २०८२, काठमाडाैं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ। यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ ।

संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif