बिहीबार, ९ जेष्ठ, २०८२

संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २३ बैशाख, २०८२

संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२३ बैशाख २०८२, काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक सवा १२ बजेका लागि बोलाइएको छ । 

दुवै बैठकमा आर्थिक वर्ष २०८२–०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत वैशाख १९ गते आर्थिक वर्ष २०८२-८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif