मंगलवार, १२ कार्तिक, २०८२

संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपियो

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १८ भाद्र, २०८१

संसदीय छानबिन विशेष समितिको  म्याद १५ दिन थपियो

काठमाडौं। आज बसेको प्रतिनिधिसभाको बैठकमा सहकारी बचत कोषको दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिको म्याद थप १५ दिन थप गर्ने निर्णय  छ । आजको संसद बैठकले समितिको कार्यकाल लम्ब्याउने निर्णय गरेको हो । समितिका अध्यक्ष सूर्य थापाले हालसम्मको प्रगतिबारे सदनलाई जानकारी गराएका थिए ।

सुरुमा, सात सदस्यीय छानबिन टोलीले उनीहरूको काम पूरा गर्न तीन महिनाको समयसीमा राखेर असार १५ गते गठन गरेको थियो। अहिले  तीन महिनापछि  म्याद थप गरिएको छ । समिति अहिले प्रतिवेदन निर्माणमा केन्द्रित छ ।

समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिएन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, राप्रपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।

advertisement_1676551694.gif