राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १३ भाद्र, २०८२
२०८२ भदौ १३ गते, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै छन् । आज दिँउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको बताइएको छ । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि बालुवाटारमा पार्टीका नेताहरूसँग छलफलमा राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका थिए ।
ओलीले संसदमा सम्बोधनका क्रममा त्यो बिषयमा संसदमा कुरा राख्ने तथा सहमति लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका छन् ।