बुधबार, ८ जेष्ठ, २०८२

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ मा हुने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २८ फाल्गुन, २०८१

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ मा हुने

२८ फागुन २०८१, काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामि चैत ७ गते हुने भएको छ ।

प्रतिनिधि सभाको बुधवारको सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन् । सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह ९ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए  ।

सभामुख घिमिरेले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ आईतवार दिउँसो २ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रूपमा दिन पनि आग्रह गरेका छन् ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif