मंगलवार, २८ आश्विन, २०८२

सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको रुपमा शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २७ भाद्र, २०८२

सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको रुपमा शपथ

२०८२ भदौ २७, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेकी छन् । शुक्रबार राति राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा उनले पद तथा गोपनियताको शपथ लिएकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण सँगै नवनियुक्‍त प्रधानमंत्री सुशीला कार्कीलाई राष्‍ट्रपति रामचन्‍द्र पौडेल, उपराष्‍ट्रपति राम सहाय यादव , प्रधानन्‍यायधिश लगायतका विशिष्‍ट व्‍यक्तिहरूले शुभकामना तथा बधाई दिएका थिए । 

संसद् विघटन गर्न सहमत भएसँगै जेन–जी ले अघि सारेको मागबमोजिम नै नयाँ सरकार बनाउने शितलनिवासमा समझदारी बनेको थियो । जेन–जीले अघि सारेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । कार्की देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई सिंहदरबारमा नयाँ बनेको गृह मन्त्रालयमा राखिने तयारी भैसकेको छ। कर्मचारीले सिंहदरबारमा कुर्सी, फर्निचरलगायतका सामानको बन्दोबस्ती गरिसकेका छन् ।

पुरानो गृह मन्त्रालय परिसरमा निर्मित अत्याधुनिक भवनबाट सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहिलो तल्लामा प्रधानमन्त्रीको कार्यकक्ष रहने छ । दोस्रो तलामा मुख्यसचिवको कार्यकक्ष तयार रहने छ ।

advertisement_1676551646.gif