मंगलवार, १२ कार्तिक, २०८२

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३० भाद्र, २०८१

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय

काठमाडौँ।  सरकारले  स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको हो। यस  अघि  सरकारलाई निर्वाचन आयोगले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सुझाव दिएको थियो। 
स्थानीय तहमा जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधि रिक्त रहेका छन्। प्रधानमन्त्री ओलीले निर्वाचनलाई मितव्ययीरूपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रहसमेत गरेका छन्। 
निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रित्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त छ ।
रुकुम पुर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको छ । पद रिक्त भएको औपचारिक जानकारी आए त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने निर्वाचन आयोगले बताइएको  छ ।

Download the PDF
advertisement_1676998982.gif