राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १६ श्रावण, २०८२
साउन १५, २०८२ ,धनागढ़ी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । गत असार १९ गते नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले बिहीबार विश्वासको मत लिएका हुन् ।
उनले आफु मुख्यमन्त्रीमा नियुक्त भएपछि दोश्रो पटक बिश्वासको मत लिएका हुन् । उनले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीको समेत १ गरी ३० मत पाए। नाउपाका ६ जना प्रदेश सभा सदस्य भने अनुपस्थित थिए । एक जना कैलाश चौधरी उपस्थित भएकोमा उनले मुख्यमन्त्री शाहको पक्षमा मतादान गरे।५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ प्रदेश सभा सदस्यको बहुमत आवश्यक पर्छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले भने विपक्षमा मतदान गरे ।
सुदूरपश्चिम प्रदेश सभामा अहिले ५२ जना प्रदेश सभा सदस्य छन् । समाजवादीका दीर्घबहादुर सोडारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि उनको पद निलम्बनमा छ । प्रदेश सभामा नेपाली काग्रेसका १८, एमालेका उपसभामुखसहित ११, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य रहेका छन् ।