शनिबार, ६ बैशाख, २०८२

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १९ श्रावण, २०८१

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

धनगढी, साउन १८। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका आह्वान गर्दै आइतबार ५ बजेसम्म दाबी पेस गर्न समय दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घ राज भट्टले जारी गरेको विज्ञप्तिमा उल्‍लेख छ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुखले संविधानको धारा १६८ को (२) उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए ।

राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif