राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २६ भाद्र, २०८१
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने गरि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री कार्यालयबाट बैठक स्थगित भएको सूचना आएर बैठक बस्दै नबसी स्थगित भएको बताइएको छ ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्ने तयारी थियो ।
उपसभामुख इन्दिरा रानालाई सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखबाट राजिनामा दिन आग्रह गरिरहेका छन्। राजिनामा नदिए हटाउने तयारी गरिरहेका बताइएको छ। उपसभामुखको बिषयमा टुंगो लागेर मात्र बैठक बस्न सक्ने बताइए पनि अर्को बैठक कहिले बसें केहि बताइएको छैन।