राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २७ फाल्गुन, २०८१
फाल्गुन २७, २०८१ ,काठमाडौँ । यही चैत्र ५ गते हुन गैरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को केन्द्रीय निर्वाचन का लागि आज मंगलबार नेपालभरका अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको र प्रक्रिया धेरै हदसम्म शान्तिपूर्ण रहेको बताइएको छ । त्रिभुवन विश्वविद्यालयका ६२ आंगिकमध्ये मध्ये ५० भन्दा बढी क्याम्पसहरूले मिश्रित निर्वाचन प्रणाली अन्तर्गत सहज दर्ता भएको बताइएको । यद्यपि काठमाडौं उपत्यका पांच क्याम्पस तथा उपत्यका बाहिरका केही क्याम्पसहरूमा विवाद का कारण मनोनयन हुन नसको बताइएको छ । विवाद समाधान गर्ने र अन्तिम उम्मेदवार सूची प्रकाशित गर्ने तालिका अनुसार यही चैत्र ५ मा चुनाव हुदैछ ।
अखिल नेपाल राष्ट्रिय बिद्यार्थी युनियन ,नेपाल विद्यार्थी संघ लगायत पच्चीस विद्यार्थी संगठनहरूले चुनावका लागि मनोनयन दर्ता गरेका छन् । केन्द्रिय स्तरबाट कुनै पनि बिद्यार्थी संगठनहरूले गठबन्धन नगर्ने नीति बनाएको भए पनि केहीले स्थानीय स्तरमा गठबन्धन गर्ने बताएका छन् । केही क्याम्पसहरूमा उम्मेदवारी निर्विरोध दर्ता भएका छन् भने केही क्षेत्रहरूमा विवादले प्रक्रियामा बाधा पुर्याएको छ । शंकरदेव जस्ता केही क्याम्पसहरूले तालाबन्दीका कारण अनलाइन दर्ता प्रस्ताव गरेका छन् । धेरै विद्यार्थी अध्ययरत रत्नराज्यलक्ष्मी (आरआर), त्रिचन्द्र, पाटन, नेपाल कमर्श, शंकरदेव, भक्तपुर बहुमुखी, पृथ्वीनारायण पोखरा, महेन्द्र मोरङ आदर्श विराटनगर, ठाकुराम बहुमुखी विरगन्ज, लगायत क्याम्पसमा उम्मेदवारी दर्ता शान्तिपूर्ण रहेको बताइएको छ ।
त्रिविले जारी गरेको स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७१ मा तोकिएको मितिमा निर्वाचन हुन नसके १५ दिनभित्र अर्को मिति तोकेर निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ । ‘क्याम्पस निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र मिति तोकेर रोकिएको चरणबाट निर्वाचन अघि बढाउनुपर्नेछ निर्देशिकामा भनिएको छ। स्ववियु निर्वाचनमा उम्मेदवार बन्न २८ वर्ष नपुगेको उमेरको हद तोकिएको छ । स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने उपाध्यक्ष, सहसचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् । क्याम्पसमा रहेका विद्यार्थी मतदाताको संख्याका आधारमा स्ववियुको कार्यसमितिको संख्या कायम हुने व्यवस्था गरिएको छ ।
निर्वाचन आचारसंहिताले भित्तिचित्र र ठूलो स्वरमा प्रचार गर्न निषेध गरेको छ फागुन २८ गते–उम्मेदवारको दाबी/विरोधफागुन २९ गते–उम्मेदवारी फिर्तासहित अन्तिम नामावली प्रकाशनचैत ५ गते– निवार्चन गर्न गरि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन को निर्वाचन तालिका बनाइएको छ ।