राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १८ चैत्र, २०८१
१९ चैत, २०८१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् । लामिछानेले रास्वपाका सांसदहरुसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको रास्वपा प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् ।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतस् निलम्बनमा परेको थियो ।
संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो । रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ।