बिहीबार, २५ बैशाख, २०८२ 3:26:33 PM

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन जुट्यो सहमति

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ५ जेष्ठ, २०८१

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन जुट्यो सहमति

काठमाडौँ । सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच सहकारी ठगी प्रकरणमा समिति बनाउन सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्ने हुने भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमति भएको र समितिको कार्यादेश के हुने भन्ने विषयमा छलफल हुने जानकारी दिएका छन् । उनले संसदीय समिति बनाएर जाने विषयमा सबै दलको समान धारणा रहेको बताए । टिओआर बनाउन आइतबार बिहानदेखि काम गर्ने कुरा भएको उनले बताए ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटारमा छलफल गरेका थिए ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif