मंगलवार, १२ कार्तिक, २०८२

समाजवादी मोर्चाले १५ गते वृहत् जनसभा गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३० फाल्गुन, २०८१

समाजवादी मोर्चाले १५ गते वृहत् जनसभा गर्ने

काठमाडौँ। विपक्षमा रहेका  चार दलर हेको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ ।

आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बताइएको छ। धेरै भन्दा धेरै सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको बैठकमा सभागिले बताएका छन् साथै सबै  दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको बताइएको छ। 

यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ।दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने बताएको छ। 

advertisement_1680627680.gif