मंगलवार, १२ कार्तिक, २०८२

सर्वोच्चद्वारा रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १० जेष्ठ, २०८२

सर्वोच्चद्वारा रवि लामिछानेलाई थुनामुक्त गर्न  अस्वीकार

९ जेठ २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्नसर्वोच्च अदालतले अस्वीकार गरेको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशविरुद्ध लामिछानेले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

लामिछानेकि श्रीमती निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सहकारी ठगी मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन् । जिल्लाको आदेश उल्टाउँदै लामिछानेलाई यस अघि उच्च अदालत तुलसीपुर बुटवल इजलासले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो ।

अहिले लामिछानेले कारागारबाटै उच्चको आदेश खारेजको माग गर्दै बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गराएका थिए ।

advertisement_1680627680.gif