मंगलवार, २८ आश्विन, २०८२

सरकारले जेनजी आन्दोलन छानबिनका लागि बनायो उच्चस्तरीय आयोग

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ आश्विन, २०८२

सरकारले जेनजी आन्दोलन छानबिनका लागि बनायो उच्चस्तरीय आयोग

२०८२ असोज ५, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएको बलप्रयोगलगायत घटनाको छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको छ ।

आयोगको संयोजक पूर्वन्यायाधीश गौरीबहादुर कार्की रहेका छन् । सदस्यमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर प्रसाद भण्डारी नियुक्त भएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगलाई तीन महिनाको कार्यकाल तोकिएको छ ।

advertisement_1676998982.gif