रााष्ट्रिय सन्देश डेक्स, सोमबार, ३० भाद्र, २०८२
२०८२ भदौ ३०, काठमाडौँ I सरकारले जेन–जी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै शहीदका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएकोमा मन्त्रिपरिषद् बैठकले त्यो रकम १५ लाख पु¥याउने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शहिद घोषणाको साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरेको गृह एंव कानून मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।
त्यस्तै जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय भएको छ। साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरिएको छ ।
क्षतिपूर्तिको हकमा १० लाख र अन्य खर्च वापत् ५ लाख गरेर १५ लाख अर्थमन्त्रालय मार्फत वितरण गर्ने निर्णय भएको पनि गृह एंव कानून मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।
आज बसेको मंत्रिपरिषदृको बैठकबाट आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने र जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको स्मरणमा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय पनि भएको छ।