राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ८ असार, २०८१
काठमाडौं, असार ७ । सरकारले आठ देशमा राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आठ देशका लागि राजदूत सिफारिस गरेको हो।
सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ।
त्यस्तै बेलायतका लागि डा विजन पन्त, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरिएको छ ।
रेग्मी यसअघि बेलायतका राजदूत व्यक्ति हुन्। रेग्मी यसअघि बेलायतका राजदूत भइसकेका प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन्। पूर्व राष्ट्रपति विद्या भण्डारी छँदा सल्लाहकार पनि भएका थिए।
गएको जेठ २४ गते बसेको मन्त्रिपरिषदको बैठकले यी सबै देशका राजदूत फिर्ता बोलाएको थियो । बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो ।
सत्तारुढ दलहरूको भागबन्डाअनुसार एमाले, माओवादी र जसपाबाट ८ जना राजदूतहरू सिफारिस भएका हुन्।