राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २४ भाद्र, २०८१
काठमाडौँ । सत्ता साझेदार दलहरुको बैठकमा सरकार र संसदलाई अझ प्रभावकारी बनाउन एक ढिक्का भएर अगाडी बढ्ने दलका प्रतिनिधि हरुले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले एस्तो निष्कर्ष निकालेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकार र संसदको कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट अघि बढाउने विषयमा छलफल भएको बताएका छन् । . नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सत्ता साझेदार दलहरु एकढिक्का भएर उभिनकै लागी न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्य सुरु भएको हो ।एमाले र हाम्रो बीचमा सात बुँदे भइसकेकै थियो । तर त्यही सात बुँदेलाई आधार मानेर न्यूनतम साझा कार्यक्रम बनाउँछौं । यसले सबैलाई एकढिक्का उभ्याउँछ’, उनले केही दिनभित्रै न्यूनतम साझा कार्यक्रम तयार हुने बताए ।
आइतबार साँझ कांग्रेस र एमालेका नेताहरुको बैठकबाटै न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदल गठन भइसकेको छ । कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको मस्यौदा समिति गठन भएको छ । सरकार गठन भएको लामो समय बितिसक्दा पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक नगरिएको भन्दै प्रश्न उठ्न थालेपछि सरकार न्यूनतम साझा कार्यक्रमको तयारिमा लागेको हो ।
त्यस्तै संविधान संशोधन गर्न छलफल चलाइने बिषयमा बैठकमा छलफल भएको तथा बढी भन्दा बढी राजनीतिक दलहरुको सहमति जुटाएर संशोधन गर्नेबारे समेत छलफल भएको.बताइएको छ ।.