मंगलवार, २८ आश्विन, २०८२

शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २७ भाद्र, २०८२

शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

२०८२ भदौ २७, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने भएका हुन् ।

यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । 

संसद विघटनलगत्तै आजै उनले शपथ ग्रहण गर्ने सम्भावना छ । उनी नेतृत्वको मन्त्रिपरिषद्‌मा सुरुमा तीन सदस्य हुनेछन् । मन्त्रीहरूको नाम टुंगो लागिसकेको छैन । 

यसअघि राष्ट्रपति रामचन्द्र पाैडेलले संविधान नष्ट हुने भन्दै संसद विघटन नगर्ने अडान लिएका थिए । तर आन्दोलनकारी शक्ति जेन–जी संसद विघटनको अडानबाट टसमस नभएपछि राष्ट्रपति विघटनका लागि बाध्य भएका हुन् ।

कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिएन । दुवै पक्ष आ–आफ्नो अडान यथावत् रहेका थिए । तर, अन्त्यमा संविधान विघटन गर्ने विषयमा सहमति जुटेको हो ।

वार्तामा जेन जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।

advertisement_1680627680.gif