शनिबार, ६ बैशाख, २०८२

टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३० श्रावण, २०८१

टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौं,  साउन ३० । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिसिभाबाट पारित भएको छ । आज बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको हो।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित भएको हो।

प्रतिनिधिसभाबाट पारित भएसँगै अब उक्त विधेयकमाथि राष्ट्रियसभामा पनि छलफल हुनेछ। शीर्ष दलको कार्यदलले विवादित विषयमा सहमति गरेपछि कानुन न्याय तथा मानव अधिकार समितिले उक्त विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्दै प्रतिनिधिसभामा प्रतिवेदन पेश गरेको थियो।

२०७९ चैत ५ गते प्रतिनिधिसभामा प्रस्तुत भएको विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो।

समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएपछि आज पारित गरिएको हो ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif