मंगलवार, १२ कार्तिक, २०८२

टीआरसी विधेयक राष्ट्रियसभामा पेश

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २ भाद्र, २०८१

टीआरसी विधेयक राष्ट्रियसभामा पेश

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौं, भदौ २ ।  राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ ।

आइतबारको बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेश गरेका हुन् ।

मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा समक्ष प्रस्तुत गरेका हुन्।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ। 

advertisement_1676553908.gif