राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १८ श्रावण, २०८१
काठमाडौँ ।आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तीन नवनियुक्त राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सपथ लिएका मन्त्रीहरुमा नेउपा बाट अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री,र नेपालि कांग्रेस बाट रुपा विक र पूर्णबहादुर तामाङले क्रमश वन तथा वातावरण राज्यमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री रहेका छन् ।
सपथ ग्रहण समारोहमा उपप्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिवहरु, उच्चपदस्थ अधिकारीहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यी नियुक्तिसँगै अहिले प्रधानमन्त्री ओलीको नेतृत्वमा मन्त्रिपरिषद् पूर्ण भई मन्त्रीको संख्या २५ पुगेको छ ।