राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २० जेष्ठ, २०८२
१९ जेठ २०८२, काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा आज तीन दलका शीर्ष नेताहरूबीच भएको छलफल बिना सहमति सकिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।
करिब २ घण्टा चलेको छलफलमा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग यथावत राखेपछि सहमति जुट्न नसकेको हो ।
भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद अवरूद्व गर्दै आएका छन् ।