सोमबार, ११ कार्तिक, २०८२

तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ श्रावण, २०८२

तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची

५ साउन २०८२, काठमाडौं । आज संघीय अन्तर्गतका संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषद् द्वारा प्रकाशित बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ माथि छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, दिनको २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी विधायन व्यवस्थापन समितिको ९५ औँ बैठकमा आज जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ। बैठक दिनको २ बजे भएको छ ।

advertisement_1676551694.gif