सोमबार, ११ कार्तिक, २०८२

तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २ श्रावण, २०८२

तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

१ साउन २०८२, काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । बिहीबार कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक-२०८१ को सम्बन्धमा दफावार छलफल हुने कार्यसूची छ ।

यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरु सम्बन्धी अध्ययन प्रतिवेदन-२०८२ माथि छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयक- २०८१ मा सैद्धान्तिक छलफल हुने छ ।

advertisement_1676551646.gif