मंगलवार, २८ आश्विन, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २५ भाद्र, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

भदौ २५, २०८२ काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएका हवाई उडानलाई पुनः सञ्चालनमा ल्याएको छ । प्राधिकरणका अनुसार विमानस्थल दिउँसो साढे २ बजेबाट पुनः सञ्चालनमा आएको हो ।

विभिन्न असहज परिस्थितिका कारण मंगलबारदेखि रोकिएका उडानलाई आज दिउसो बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकले पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्राका लागि विमानस्थल पुग्ने यात्रुले आफ्ना सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर आधिकारिक टिकट तथा परिचयपत्रसहित मात्र विमानस्थल आउन तथा  यात्रुले अत्यावश्यक अवस्थामा मात्र विमानस्थलमा उपस्थित हुन र अनावश्यक भिडभाड नगर्न समेत अनुरोध गरिएको छ ।

advertisement_1676998982.gif