राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ३१ श्रावण, २०८१
काठमाडौँ साउन ३१ । संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा एमालेका सांसद ठाकुरप्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन्।गैरे संघीय संसद्को पाल्पा क्षेत्र न २ बाटएमालेको तर्फ बाट निर्वाचित सांसद हुन्। समितिको बिहीबारको बैठकबाट उनी सभापति बनेका हुन्।
एक जनाको मात्र उम्मेदवारी परेपछि गैरेलाई निर्विरोध निर्वाचित घोषणा गरिएको थियो । त्यस्तै, बिहीबार नै संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् ।

नवनिर्वाचित दुवै सभापतिलाइ बिहीबार नै सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका छन्।