राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ६ असार, २०८२
६ असार २०८२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको खबरले आफूलाई खुसी बनाएको बताएका छन् । ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीले यस अघि आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका हुन ।
‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध-आवाज थरिथरिका थिए,’ ओलीले लेखेका छन्, ‘११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो।’
हालै सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार दैलेख क्षेत्रमा ठूलो मात्रामा प्राकृतिक ग्यास भएको पुष्टि भएको छ। विज्ञहरूले यसमा अझै विस्तृत परीक्षण आवश्यक रहेको बताएका छन् ।