राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ आश्विन, २०८२
२०८२ असोज ५, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । शाक्यलाई हटाएर उनको ठाउँमा प्राधिकरणकै पूर्वउपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको हो ।
शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।