राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २६ चैत्र, २०८१
२७ चैत्र २०८१, काठमाण्डौ । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर मंगलबार साँझ ७ बजेतिर आगो सुरू भएको थियो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीका अनुसार आगलागीबाट झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगोलागी कारण बजारमा मोबाइल पसल, जडीबुटी पसल, मञ्जु जडीबुटी पसल, भाडा पसल र किराना पसल, सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
आगो निभाउनका लागि नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट सेनानी अमृत खड्काको कमाण्डमा–२० जनाको टोली, जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा–९ जनाको टोली र सशस्त्र प्रहरी बल खप्तड गुल्मका सशस्त्र प्रहरी निरीक्षक हंसराज जोशीको कमाण्डमा–११ जनाको टोली र स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् । साथै मङ्गलसेन नगरपालिकाको दमकल परिचालन गरिएको थ्रियो ।
आगलागीबाट करिब ७ करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।