शनिबार, १६ कार्तिक, २०८२

चितवनमा भएको बस दुर्घटनामा ३३ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ कार्तिक, २०८२

चितवनमा भएको बस दुर्घटनामा ३३ जना घाइते

२०८२ कार्तिक १४, काठमाडौं । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

गएराति करिब १:४५ बजे भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस र जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस अगाडि पार्किङ गरी राखिएको ना.६ख ८१३ नम्बरको इँटा लोड ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ ।

दुर्घटनापछि सडकमा बस पल्टिँदा केहीबेर बाटो अवरुद्ध भएको थियो । क्रेनको सहायताले सवारी साधन हटाएपछि बिहान २:५५ बजेदेखि बाटो एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न रुद्राक्ष बसका चालक धनुषा जिल्ला सहिद नगरपालिका-४ का ४३ वर्षीय कृष्ण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।

advertisement_1676551646.gif