शनिबार, १६ कार्तिक, २०८२

निजी क्षेत्रको सुरक्षाका लागि गृहमन्त्रीको निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, २३ घण्टा पहिले

निजी क्षेत्रको सुरक्षाका लागि गृहमन्त्रीको निर्देशन

फाइल तस्विर

२०८२ कार्तिक १४, काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछि निजी क्षेत्रमा सुरक्षा चिन्ता बढेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिएका छन् । बिहीबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई परिपत्र गर्दै गृहमन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन् ।

प्रदर्शनकाकारण भएको नोक्सानी र निजी क्षेत्रको अवस्थाको विषयमा आवश्यक छलफल र सुरक्षाको तयारी गर्न सिडिओलाई गृहमन्त्रीले निर्देशन दिएका हुन् । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामार्फत गृहमन्त्री अर्यालले यस्तो पत्र पठाएका हुन् ।

पत्रमा जिल्लास्तरीय उद्योग वाणिज्य संघलगायतका व्यावसायिक संगठनलाई सहभागी गराई जिल्ला सुरक्षा समितिको संयोजनमा बैठक गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।

advertisement_1676998982.gif