राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २६ चैत्र, २०८१
२७ चैत्र २०८१, काठमाडौं । तीनकुने हिंसात्मक प्रदर्शनमा सहभागी भएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका-५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् ।
पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ ।
गत १५ चैतमा दुर्गा प्रसाईं नेतृत्वको राजाबादीको उक्त हिंस्रक घटनामा संलग्न रहेको अभियोगमा हालसम्म प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिइसकेको छ।