आईतवार, ४ आश्विन, २०८३

धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८३ असोज ०४ काठमाडौँ I धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बनचरेमा सुमो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

छथर जोरपाटीको तेलियाबाट इटहरीतर्फ जाँदै गरेको ना १ ज २४९४ नम्बरको सुमो बन्चरेमा दुर्घटनामा परेको धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते पाँच जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । सुमोमा चालकसहित ११ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको पहिचान खुल्न बाँकी छ ।

advertisement_1676998982.gif