राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १ भाद्र, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि संयुक्त अधिराज्य बेलायतका नवनियुक्त आवासीय राजदुत रोर्वट डोमिनीक रोस्यल फिनले ओहोदाको प्रमाण प्रस्तुत गरेका छन् ।
बिहीबार राष्ट्रपति निवास पुगेर राजदुत फिनले राष्ट्रपति समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।उनले यसअघिका राजदुत निकोला पोलिटलाई प्रतिस्थापन गर्नेछन् ।
यसअघि उनी सन् २०१८ देखि २०२२ सम्म जार्कातामा डेपुटि हेड अफ मिसनको रुपमा कार्यरत थिए ।
त्यस्तै समाजवादी गणतन्त्र भियतनामका गैरआवासिय राजदुत न्युह्नेथान हाईले नि आजै राष्ट्रपति पौडेल समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेका छन् ।