शनिबार, ३० श्रावण, २०८३

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

२०८३ साउन ३०, इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकारको संरक्षण र कार्यान्वयनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा शनिबारदेखि सुरु भएको एमालेको जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा एमाले सधैँ प्रतिबद्ध रहेको बताए ।

उनले सबै समुदायको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले एमालेले विगतदेखि नै समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको पक्षमा वकालत गर्दै आएको दाबी गरे ।

विभिन्न जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नुभन्दा सबै समुदायलाई सहअस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

advertisement_1676551646.gif