शनिबार, ३० श्रावण, २०८३

उच्च अदालत बारमा वामपन्थी प्यानल विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

उच्च अदालत बारमा वामपन्थी प्यानल विजयी

२०८३ साउन ३०, काठमाडौँ । उच्च अदालत बार एशोसिएसन पाटनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का उम्मेदवार सेवन्तराज निरौला अध्यक्ष पदमा विजयी भएका छन्।

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार निरौलाले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पराजित गर्दै १ हजार १५२ मत प्राप्त गरी अध्यक्ष पद सुरक्षित गरेका हुन्।

यस निर्वाचनमा अध्यक्ष पदका अन्य प्रत्यासीहरू भने विजेता निरौलाको तुलनामा निकै पछाडि परेका छन्। नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का उम्मेदवार देवीप्रसाद रिजालले १२२ मत मात्र प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र व्यवसायी मञ्चका उम्मेदवार भेषराज पोखरेलले १९९ मत प्राप्त गरेका छन्।

फराकिलो मतान्तरका साथ निरौला विजयी भएसँगै पाटन उच्च अदालत बारमा पीपीएलएको पक्षमा स्पष्ट नतिजा आएको छ।

advertisement_1680627680.gif