राष्ट्रिय सन्देश संबाददाता, २३ घण्टा पहिले
३० जेठ २०८२ काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)को अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् ।
बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतान्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन्। कडरियाले कुल ७ सय ३२ मत पाए भने पौडेलले ७ सय २५ मत प्राप्त गरे।
महासचिवमा दीपक धामी निर्वाचित भएका छन्। उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।१५५१ मतदाता रहेको अखिलमा १४५० मत खसेको थियो ।
त्यस्तै खुला उपाध्यक्षमा विकाश श्रेष्ठ निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी विजयी भएकी छिन । महासचिवमा दीपक धामी निर्वाचित भएका छन् भने उपमहासचिवमा कमल जोशी तथा सचिवमा आकाश घर्ती मगर, रचना सापकोटा, समिमबाबु खान र गोपाल नेपाल विजयी भएका छन् ।