शनिबार, ३२ जेष्ठ, २०८२

प्रतिनिधिसभा बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, २२ घण्टा पहिले

प्रतिनिधिसभा बैठक बस्दै

३० जेठ  २०८२ काठमाडौं । लामो समयदेखि अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आजका लागि पनि बोलाइएको छ । बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका हुन् । विपक्षी दलहरुको अवरोधको कारण प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको हो ।

पटक–पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन् ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif