आईतवार, ३ जेष्ठ, २०८३

गगन थापाले संविधान संशोधनका लागि जेन जेड अगुवासँग छलफल गर्दै

राष्ट्रिय सन्‍देश संबाददाता, ५८ मिनेट पहिले

गगन थापाले संविधान संशोधनका लागि जेन जेड अगुवासँग छलफल गर्दै

२०८३ जेष्ठ ०३, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेन जेड अगुवाहरूको राय सुझाव लिने भएका छन् ।

आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेन जेड अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ । काँग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

१८ जना जेन जेड अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको काँग्रेसले जानकारी गराएको छ। उक्त कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा. खनाल लगायत सहभागी हुने भएका छन् ।

advertisement_1676551694.gif