आईतवार, ७ भाद्र, २०८३

गरिमा चौधरी हत्या प्रकरण : आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

गरिमा चौधरी हत्या प्रकरण : आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु

२०८३ भदौ ०६ काठमाडौँ । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ ।

गृहमन्त्री सुधन गुरुङसहितको मन्त्रालयको टोलीले गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीसँग अहिले मन्त्रालयमै भेटघाट तथा छलफल थालेको हो । न्यायको माग गर्दै उनीहरू आजै दिउँसो सिमरा विमानस्थलबाट केही स्थानीय अभियन्ताहरूसँगै काठमाडौं आएका थिए । पीडित परिवारसँग भइरहेको यो महत्वपूर्ण छलफलमा कृषिमन्त्री गीता चौधरीसमेत गृहमन्त्रालयमा उपस्थित छन् ।

घटनालगत्तैदेखि गरिमालाई न्याय दिलाउन र दोषीमाथि कडा कारबाहीको माग गर्दै बारा, काठमाडौंलगायत देशका विभिन्न ठाउँमा नागरिक तथा अभियन्ताहरूले लगातार प्रदर्शन गर्दै आएका छन् ।

advertisement_1680627706.gif