आईतवार, ७ भाद्र, २०८३

सरकार र दुर्गा प्रसाईं नेतृत्वको अभियानबीच १४ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

सरकार र दुर्गा प्रसाईं नेतृत्वको अभियानबीच १४ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

२०८३ भदौ ०६ काठमाडौँ । नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ बिच १४ बुँदे सहमति भएको छ ।

सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने सहमति भएको छ ।

​काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ​सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति कार्यान्वयनका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने र महाअभियानले आन्दोलनका कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकका विभिन्न विषय उठाउँदै आन्दोलन गर्दै आएको थियो । पछिल्लो समय महाअभियानका कार्यकर्ता काठमाडौं उपत्यका प्रवेश गरी पुल्चोकमा धर्नामा बसेका थिए ।

१४ बुँदे सहमतिपछि उक्त धर्नासहित महाअभियानका आन्दोलनका कार्यक्रम तत्कालका लागि अन्त्य भएका छन् ।

यस्‍तों छ १४ बुदे सहमतिका बुँदाहरु:

Download the PDF
advertisement_1680627680.gif