आईतवार, ७ बैशाख, २०८२

२०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : जगमान गुरुङ

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

२०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : जगमान गुरुङ

६ बैशाख २०८२, काठमाडौं । राजतन्त्र पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आउँदो जेठ १५ गते नेपालमा गणतन्त्र अन्त्य हुने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहीले मर्छ भनिन्छ। यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन ? जेठ १५ गते गणतन्त्र दिवस मनाउँछन् नि, यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ । त्यही हो कुरा,’ उनले भने ।

गुरुङले भारतमा आज पनि पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर पूजाकोठामा राखेर पूजा गर्ने चलन रहेको बताएका छन् ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif