राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ जेष्ठ १, शुक्रबार, काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश दिएको छ । न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेलाई छाड्न आदेश दिएको हो ।
अदालतले पाण्डेलाई विदेश जानुपर्ने अवस्था आएमा पूर्वअनुमतिबिना मुलुक बाहिर जान नपाउने व्यवस्था गर्न पनि आदेश दिएको छ । पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार तत्काल नदेखिएको निष्कर्षसहित अदालतले बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो ।
सरकारको मातहत आएको स्मार्ट टेलिकमको सामान लिलामीको गरेको आरोपमा पाण्डे बुधबार पक्राउ परेका थिए ।
ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको थियो ।